भोली राष्ट्रिय सभाको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ चैत ८ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, ९ चैत– भोली आइतबार संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठक बस्दै छ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित दैनिक कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल हुनेछ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us