काठमाण्डू, ९ चैत– प्रहरीले धनुषामा ४७७ केजी गाँजा सहित एक ट्रक चालकलाई पक्राउ गरेको छ । शुक्रवार राति ७ बजे धनुषाको लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया चोकस्थित जनकपुर ढल्केबर सडक खण्डबाट प्रहरी गाँजा सहित ट्रक चालकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकरी दिएको छ ।
प्रहरीले गाँजासहित म.प्र.०३–००२ ख २५२० नम्बरको मिनी ट्रक र सो ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो । ३२ वटा प्लास्टिकका पोकामा बेरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा, ट्रक र चालकमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।