आरआरमा चैत १६ गते स्ववियु निर्वाचन

काठमाण्डु टुडे २०८१ चैत ७ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, ८ चैत– काठमाण्डूको प्रर्दशनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीले ताला लगाएपछि चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १६ मा हुने भएको छ ।

शुक्रबार बसेको सर्वदलीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय गरेको क्याम्पस प्रमुख पद्यमकुमार अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us