यसरी निभाइँदैछ चन्द्रागिरिको आगो

काठमाण्डु टुडे २०८१ चैत ७ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, ८ चैत– आज (शुक्रबार) काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागीको नियन्त्रणको प्रयास भईरहेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन । स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा नआइसकेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us