ईपीजी प्रतिवेदन नेपालले नबुझ्ने भनेको छैनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ चैत ६ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, ७ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी सम्मत १९६२ अघिसम्म नेपालले हालै प्रचलनमा ल्याएको चुच्चे नक्सा नै भएको दाबी गरेबका छन ।

आज (बिहीबार) संसदमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । साथै उनले इपीजी प्रतिवेदन भारतले पहिला बुझेपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने भन्ने भएको समेत बताएका छन ।

उनले भने, ‘नेपालले प्रतिवेदन नबुझ्ने भनेको छैन । यो प्रतिवेदन बुझ्नेबारे नेपालका तर्फबाट उच्च स्तरमा छलफल र भइरहेको जानकारी गराउँछु । यसको समझदारीपूर्वक नै समाधान हुन्छ ।’

साथै प्रधानमन्त्रीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा जाने आफ्नो तयारी नभएको समेत बताएका छन । सांसद विनिता कठायतले चुच्चे नक्साअनुसारको आफ्नो भूभाग पाए पनि स्थानीय नागरिकले अनुभूत गर्न नसकेको तथा त्यहाँका नागरिकले आफ्नो बाटो प्रयोग गर्न नसकेको गुनासो गरेको भन्दै प्रधानमन्त्रीसँग कहिले आफ्नो बाटो प्रयोग गर्न सकिन्छ भनेर प्रश्न गरेकी थिइन ।

जवाफमा प्रधानमन्त्रीले अझै पनि दार्चुला सदरमुकाम खलङ्गाबाट उत्तरतिर छाङग्रु जान बाटो पहिलादेखि नै नभएको भन्दै अहिले तत्कालका लागि आफ्नो बाटो बनाउन पाँच करोड बजेट निकासा गरेर बाटो निर्माणको काम भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us