
काठमाण्डू, ७ चैत– एमाले सांसद ठाकुर गेरैले ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्काको अभिव्यक्तिमा असन्तुष्टि व्यक्त गरेका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गेरैले यस्तो बताएका हुन । उनले भने, ‘मैले दुई पटक सुनेँ– हाम्रो उर्जामन्त्रीले नेपालमा लोडसेडिङ नहुने कुराको जस भारतलाई दिनुपर्छ ।
हिजो पनि त्यही सुँने ।’ बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ऊर्जामन्त्री खड्काले नेपालमा लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए । नेपालमा विगतका लोडसेडिङ अन्त्य हुने विषयको जस पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई नभएर छिमेकी मुलुक भारतलाई दिनुपर्ने बताएका थिए ।
ऊर्जामन्त्रीको यस्तो अभिव्यक्तिप्रति सांसद गैरेले प्रतिनिधि सभामा असन्तुष्टि जनाएका हुन् । भारतले विद्युत दिएका कारण नेपालमा लोडसेडिङ हटेको तर्कप्रति गैरेको जवाफ छ, ‘नेपालको बिजुली भारतले किन्छ ।
भारतको विजुली नेपालले किन्छ यो ब्यापारको विषय हो ।’ नेपालीहरूले मेहनत गरेर लामो समयपछि नेपालका निजी उद्यमीहरूले, नेपाल सरकारले लगानी गरेर विद्युत उत्पादन गरेको उल्लेख गर्दै उनले उत्पादित विद्युतको खपत बढाउनुपर्ने बताए । वर्षाको समयमा भने नेपालमा उत्पादित विद्युत खेर जाने अवस्था विद्ययमान रहेको पनिल बताएका छन ।