ठूलो परिणणमा भेप बरामद

काठमाण्डु टुडे २०८१ चैत ६ गते ११:२८ मा प्रकाशित

सिन्धुपाल्चोक, ७ चैत– प्रहरीले सिन्धुपाल्चोकबाट ठूलो परिमाणमा अवैध रुपमा नेपाल भित्र्याइएको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।

तातोपानी नाका हुँदै चीनबाट भित्रिएको ७ सय ४० वटा भेप बरामद भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

खुर्सानीबारी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले गएराति चेकजाँचका क्रममा गाडीमा राखेर ल्याउँदै गरिएको भेप बरामद गरेको हो ।

प्रहरीले बराबद भरिएको भेप आन्तरिक राजश्व कार्यालयको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us