महेन्द्र मोरङको स्ववियु सभापतिमा क्रान्तिकारी विजयी

काठमाण्डु टुडे २०८१ चैत ६ गते ९:४६ मा प्रकाशित

विराटनगर, ७ चैत– त्रिभुवन विश्वविद्यालयअन्तर्गत पूर्वकै सबैभन्दा ठूलो मानिने विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र

विद्यार्थी युनियन (स्ववियु) सभापतिमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन ।
यादवले १ हजार १ सय १८ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसनिकट नेपाल विद्यार्थी संघका प्रज्ज्वल विष्ट हाक्कुले १ हजार ७५ मत पाए । एमाले निकट अनेरास्ववियुका अनिश बोगटीले जम्मा २ सय ३२ मत पाप्त गरे ।

सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर र निर्वचित भइन् । कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवान निर्वाचित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us