पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने

काठमाण्डु टुडे २०८१ चैत ५ गते १४:०० मा प्रकाशित

काठमाण्डू, ६ चैत– पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन । यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने तयारी रहेको सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह पुन गोरखा जान लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us