यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका घिमिरेलाई काँग्रसले माफी मगाउने

काठमाण्डु टुडे २०८१ चैत ५ गते १०:२९ मा प्रकाशित

काठमाण्डू, ६ फागुन–सत्तारुढ काँग्रेसले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका प्रमुख सचेतक श्याम घिमिरेलाई माफी मगाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा घिमिरेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन र माफी माग्न लगाउने तयारी भएको एक पदाधिकारीले जानकारी दिए ।

घिमिरिले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासका लागि यौन व्यवसाय प्रवद्र्धन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र र बाहिर घिमिरेको चर्को आलोचना भइरहेको छ । सोमबारको प्रतिनिधिसभा बेठकमा माओवादी, राप्रपासहित प्रतिपक्षी दलका सांसदले घिमिरेको अभिव्यक्तिप्रति देख व्यक्त गरेका थिए ।

बसेको कांग्रेस पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताले घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । घिमिरेले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिएर क्षमा माग्नुपर्ने उनीहरुको भनाइ थियो ।

बैठकमा नेताहरूले आपत्ति जनाएपघि सभापति शेरबहादुर देउवासहित पदाधिकारीले घिमिरेलाई देउवानिवास बूढानिलकण्ठ बोलाएर स्पष्टीकरण सोधेका थिए ।

संसदमा नबोले पनि ईश्वरी न्यौपाने, सीता गुरुङलगायतले सभापति देउवालाई भेटेर घिमिरेको अभिव्यक्तिबाट आफूहरु लज्जित भएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us