काठमाण्डू, ६ फागुन– काठमाण्डूका पाँच क्याम्पसमा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु अध्यक्ष जितेको छ ।
बानेश्वर क्याम्पस, सानोठिमी क्याम्पस, जनप्रशासन क्याम्पस, काठमाण्डस् इन्जिनियरिङ क्याम्पस र जनकपुर इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारीका उम्मेदवार विजयी भएका हुन् ।
बानेश्वरमा भूमिराज अधिकारी, सानोठिमीमा नरेन्द्र ठगुन्ना, जनप्रशासनमा अनिकेत तिवारी, काठमाण्डू इन्जिनियरिङमा अपार पराजुली र जनपुर इन्जिनियरिङमा प्रकाश पुडासैनीले स्ववियु अध्यक्ष जितेको सो संगठनले जनाएको छ ।
स्ववियू नेतृत्व छान्न मंगलबार निर्वाचन भएको थियो ।