ज्ञानेन्द्रद्वारा गठित समितिमा बस्न इन्कार गरेका कमल थापाले पठाए प्रतिनिधि

काठमाण्डु टुडे २०८१ चैत ४ गते २०:०८ मा प्रकाशित

DPM and Minister for Energy Kamal Thapa speaks to media after a meeting of the Council of Ministers at Singha Durbar, Kathmandu, on Friday, November 24, 2017. Photo: RSS

काठमाण्डू, ५ चैत– राप्रपा नेपालले वयोवृद्ध पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त आन्दोलन परिचालन समितिमा उपाध्यक्ष तारानाथ लुईंटेललाई पठाउने भएको छ ।

मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले लुईंटेललाई प्रतिनिधि पठाउने निर्णय गरेको हो ।

बैठकपछि महामन्त्री राजाराम वर्तौलाद्वारा जारी विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा गत २०८१ साल फागुन ७ गते भएको सम्बोधनको भावनालाई आत्मसात गर्दै सनातन हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्स्थापना, संघीयता खारेजी तथा भ्रष्टाचार अन्त्यजस्ता मुख्य एजेण्डासहित सुवेदी नेतृत्वमा समिति गठन भएकोमा खुसी व्यक्त गरिएको उल्लेख छ ।

ज्ञानेन्द्रको सक्रियतामा गठित उक्त समितिमा अध्यक्ष थापालाई सदस्य राखिएको थियो । तर, थापाले सोमबारै आफू सदस्यमा नरहने घोषणा गरेका थिए । यद्यपि सुवेदी नेतृत्वको समितिलाई राप्रपा नेपालको पूर्ण सहयोग रहने निर्णय गरेको बर्तौलाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us