कैलालीको ऐश्वर्य क्याम्पसमा फर्जी भोट हाल्न बुथमा पुगेका विद्यार्थी पक्राउ

काठमाण्डु टुडे २०८१ चैत ४ गते १७:१७ मा प्रकाशित

काठमाण्डू, ५ चैत– धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी भोट हाल्न मतदान केन्द्रमा पुगेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका– ४ बस्ने २५ भोजराज भट्ट रहेको जिल्ला प्रहरी कार्यलय कौलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंहले जानकारी दिएका छन ।

पक्राउ परेका भट्ट कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी भएको खुलेको छ । फर्जी मत हाल्न मतदान केन्द्रमा पुगे पनि मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए ।

उनी पक्राउ परेपछि एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा फर्जी मतदान गरेर धाधली गरेको आरोप लगाएको छ । निर्वाचन केन्द्रमा खटिएका नेपाली कांग्रेस निकट प्राध्यापकहरूले चुनावमा नेविसंघका उम्मेदवार जिताउन फर्जी मतदान गराउन भूमिका खेलेको भन्दै एमाले निकट अनेरास्ववियुले छानबिनको माग समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us