काठमाण्डू, ५ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक जारी छ । बैठक पूर्व प्रधाानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा केहि समय अधि मात्रै सुरु भएको एक पादाधिकारीले जानकारी दिएका छन ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनमा पार्टीको तर्फबाट प्रभावकारी प्रस्तुतिका विषयमा छलफल गर्ने एजेन्डा रहेको बताइएको छ ।
पछिल्लो समयमा राजावादीहरूको बढ्दो सक्रियता र त्यसबारे पार्टीको आगामी रणनीतिबारे पनि कुराकानी हुने नेताहरूले बताएका छन ।