मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जलेर नष्ट

काठमाण्डु टुडे २०८१ चैत ४ गते १३:३७ मा प्रकाशित

काठमाण्डू, ५ चैत– मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । मोरङको धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

 मृतक बालबालिकाको अहिले सम्म परिचय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेको पनि प्रहरीले जानकारी दिएको छ ।

चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिएका छन । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us