राष्ट्रिय सरकारको कुरा बेमौसमीः एमाले

काठमाण्डु टुडे २०८१ चैत ३ गते १७:०५ मा प्रकाशित

काठमाण्डू, ४ चैत– सत्ता घटक दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नरेको बताएको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन ।

राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले भने, ‘यो बेमौसमी विषय हो ।’अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने पनि उनले बताएका छन ।

उनले भने, ‘यस्तो बेलामा पनि सरकारमा भागबण्डा खोज्नु भनेको गणतन्त्र जोगाउन खोजेको हो कि, यसलाई सत्तामा जाने भर्‍याङ बनाउन खोजेको हो, गम्भीर नैतिक प्रश्न उठेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us