राजा ल्‍याउने संघर्ष समितिमाको सदस्य सचिवमा रविन्द्र मिश्र

काठमाण्डु टुडे २०८१ चैत ३ गते १५:४७ मा प्रकाशित

काठमाण्डू, ४ चैत– केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्‍ने घोषणा गरेका छन । आज सोमबार राजावादी पक्षधरहरूले राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो घोषणा गरेका हुन ।

उनले भने, ‘उहाँहरूले समिति बनाउनुभएछ। तर म यो समितिमा बस्दिनँ। मेरो समर्थन भने रहन्छ। ‘ उनले फागुन १ मा राजालाई झापा बोलाएर राजावादी अभियान थालेकोमा दुर्गा प्रसाईलाई भने धन्यवाद समेत दिएका छन ।

राजावादीहरूले गठन गरेको निर्देशक समितिमा नवराज सुवेदी (संयोजक), अस्मिता भण्डारी (सदस्‍य), कमल थापा (सदस्‍य), केबरबहादुर विष्ट (सदस्य), दुर्गा प्रसाई (सदस्‍य), पशुपति शमशेर राणा (सदस्‍य), प्रकाशचन्द्र लोहनी (सदस्‍य), रमा सिंह (सदस्‍य), रविन्द्र मिश्र (सदस्य सचिव), राजेन्द्र लिङ्देन (सदस्‍य) र हरिबहादुर बस्‍नेत (सदस्‍य) को नाम प्रस्तावित गरेको छ। यसका साथै राजावादीहरूले आफ्ना एजेण्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us