धनुषामा प्रहरीको गोली लागेर एकजना घाइते

काठमाण्डु टुडे २०८१ चैत ३ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, ४ चैत– धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते समेत भएका छन ।

गोली लागेर एकजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनको पहिचान नखुलेको पनि उनले जानकारी दिएका छन । झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउने परेको डीएसपी सिंहले जानकारी दिएका छन ।

घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन लागिएको उनले जानकारी दिएका छन । भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us