काठमाण्डू, ४ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन । उनले घिमिरेले मुलुकको स्थायीत्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन ।
उनले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रह समेत गरेका छन । घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको पनि बताएका छन ।
उनले भूमिसम्बन्धी अध्यादेशलाई परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने पनि बताएका छन ।