त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन

काठमाण्डु टुडे २०८१ चैत ३ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, ४ चैत– एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । आज (सोमबार) अनेरास्ववियुले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो ।

स्ववियु निर्वाचनका क्रममा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले हिजो राति विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए । प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताहरूले नेविसंघविरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us