लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई सुमनाको आग्रह

काठमाण्डु टुडे २०८१ चैत ३ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, ४ चैत– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गरेकी छन् ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले लोक सेवा आयोगका अध्यक्षलाई सम्झिएकी हुन् ।

उनले भनिन्, ‘सुशासनसम्बन्धी विधेयकमा छलफल गर्दै गर्दा हालका अध्यक्ष (लोकसेवा आयोग अध्यक्ष माधव रेग्मी) ले समितिको बैठकमा ‘मैले सय जना कर्मचारीलाई केही गर्न सकेको छैन संघ संगठनका कारणले भन्नुभएको छ,’ सांसद सुमनाले जानकारी गराइन् । लोक सेवा आयोगलाई काम गर्न सहज हुने र सुशासन कायम गर्न सहयोग पुग्नेगरी ऐन बन्नुपर्नेमा सांसद सुमनाको आग्रह समेत गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us