एकीकृत समाजवादीको स्थायी कमिटीे बैठक

काठमाण्डु टुडे २०८१ चैत ३ गते १४:२६ मा प्रकाशित

काठमाण्डू, ४ चैत– आज सोमबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्दै छ । बैठक २ बजे बस्ने भनिए पनि अबको केहिबेरमा सुरु हुँदै छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी गतिविधि र कार्यक्रमबारे छलफल हुने बताइएको छ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनको तयारीबारे पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us