स्ववियु निर्वाचनमा तोडफोड र धम्की दिनेलाई कारबाही गर्नूः शिक्षा मन्त्रालय

काठमाण्डु टुडे २०८१ चैत २ गते १८:४४ मा प्रकाशित

काठमाण्डू, ३ चैत– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु चुनावमा क्याम्पसमा तोडफोड गर्ने र निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै कारबाही गर्न निर्देशन दिएको हो । मन्त्रालयद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘ निर्वाचन आचारसंहिता विपरितका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारवाही गर्न गराउन मन्त्रालय प्रतिवद्ध रहेको छ, ‘साथै त्यस्ता आचारसंहिता विपरित हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरूलाई अनुरोध गरिन्छ ।’

तोकिएको मितिमा निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण तवरबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न गर्न गराउन र निर्धारित निर्वाचन आचारसंहिताको पालना गर्न सबैलाई मन्त्रालयले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us