पद्म कन्यामा एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनको तालमेल

काठमाण्डु टुडे २०८१ चैत २ गते १८:२४ मा प्रकाशित

काठमाण्डू, ३ चैत– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी गठबन्धन गरेका छन ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) बीच चुनावी गठबन्धन बनेको हो । अनेरास्ववियुबाट चार पद लिने सहमति बनेको अध्यक्षको उम्मेदवार सुनिता घिमिरेले जानकारी दिएकी छन ।

अखिल क्रान्तिकारीबाट सचिवमा सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी परेको छ । पद्म कन्यामा ७ चैतमा स्ववियु निर्वाचन हुने भएको छ । चुनावी प्रतिस्पर्धाका लागि आठ विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् ।

नेविसंघमा दुई पक्षबाट उम्मेदवारी परेको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार बनेकी छन् भने भूपी एैरले स्वतन्त्र प्यानल बनाएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us