तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित होइनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ चैत २ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, ३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने बताएका छन । अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपाका एक नेता पक्राउ परेका थिए ।

उक्त कार्य उचित नभएको प्रचण्डले बताएका छन । आज आइतबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुने । प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन, ‘लोकतन्त्रमा बिरोधको विभिन्न रुप हुन्छन । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित होइन । ’

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us