विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दीः सांसद वाग्ले

काठमाण्डु टुडे २०८१ चैत २ गते १५:३० मा प्रकाशित

काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद डा. स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद भएको बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै रास्वपा सांसद वाग्लेले यस्तो बताएका हुन । उनले एक सातादेखि एक हजारभन्दा बढी क्याम्पसमा गुटगत राजनीति देखिनु दुःखद भएको पनि बताएका छन ।

चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक भएको उनले बताएका छन । उनले भने, ‘बूढानीलकण्ठ स्कूलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, मैले पनि त्यही विद्यालयमा पढेको हुँ, बेलायतीले बनाइदिएको यो विद्यालयकै जस्तो शैक्षिक गुणस्तर अन्य विद्यालयको पनि बनाइनुपर्नेमा अहिले त्यसको पनि गुणस्तर खस्कन थालेको छ, नेपालमा स्ववियुको संरचना र भूमिका पुनःपरिभाषित गरिनुपर्छ ।’ क्याम्पसलाई पार्टीको खेलौना बनाएर राख्नु नहुने सांसद वाग्लेको विचार थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us