सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ चैत २ गते १४:४७ मा प्रकाशित

काठमाण्डू, ३ चैत– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन ।

आज (आइतबार) विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको पनि बताएका छन । उनले भने, ‘अझै पनि हामीले चाहेअनुसारको वाञ्छित सफलता हासिल गर्न सकेका छैनौँ । विस्तार विस्तार श्रीलंका हुनबाट जोगाइएको छ ।

सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो । या असफल राष्ट्र हुनबाट जोगाइएको छ ।’ अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हासिल गर्न नसकिरहेको बताउँदै उनले सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको पनि बताएका छन ।

उनले भने, ‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महसुस गरेका छौँ । हाम्रो मूल्यांकनमा त्यही कुरा छ, यो सबै समस्याको समाधानमा हामी लागेका छौँ । आजको दिनमा बढ्दै गएको अर्थतन्त्रको समस्या सुधार्न हामी कति धेरै प्रयत्न गरिरहेका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us