काठमाण्डू, ३ चैत– काठमाण्डूको टोखा नगरपालिका–१ फुलबारी गेटमा दूई ओटा मोटरसाइकल एक आपसरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोट घर भइ टोखा–३ भुतखेल बस्ने १८ वर्षीय रिवाज आचार्य रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । फूलबारी गेट अगाडि सडकमा बागमती प्रदेश –०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यु हुने आचार्य बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकलका चालक रहेको प्रहरीले बताएको छ । उपचारको क्रममा उनको ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अर्का मोटरसाइकलका चालकको भने ग्राण्डी अस्पतालमै उपचार भईरहेको पनि जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।