धनगढीमा ग्याँस सिलिन्डर पड्किंदा ३ जना घाइते

काठमाण्डु टुडे २०८१ चैत २ गते १२:११ मा प्रकाशित

काठमाण्डू, ३ चैत– धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन । धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालय कौलालीले जानकारी दिएको छ ।

सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् । उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् । जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us