नेकपा एसको समाजवादी अभियान सुरु

काठमाण्डु टुडे २०८१ चैत १ गते १५:५२ मा प्रकाशित

काठमाण्डू, २ चैत– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गर्ने भएको छ ।

आगामी २२ वैशाखसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका संघ, संगठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव सङकलन गरिने पनि बताएका छन । जनताका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरूलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उनले व्यक्त समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us