राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य छैनः उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०८१ चैत १ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, २ चैत– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन कांग्रेस र एमालेले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट पारेका छन ।

साथै उनले तत्कालीन परिस्थितिको उपज नै बर्तमान सत्ता गठबन्धन निमार्ण भएको बताएका छन । आज (शनिबार) नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उहाँले त्यो परिस्थितिको उपज भएको पनि बताएका छन ।

साथै उनले देश सङ्कटोन्मुख हुँदा सधैँ नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेको उल्लेख गर्दै सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको बताएका छन । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उनले जोड दिए ।

उनले कम बोल्ने र अधिक काम गर्ने समय भएको पनि बताएका छन । फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट पारे ।

राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us