रुखले च्यापिएर दैलेखमा २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १ गते १२:३७ मा प्रकाशित

काठमाण्डू, २ चैत– दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।

सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us