नेविसंघ अध्यक्ष शेर्पाले भिडाए गगन, शेखर र देउवा

काठमाण्डु टुडे २०८१ चैत १ गते ११:०४ मा प्रकाशित

काठमाण्डू, २ चैत– सत्तारुढ नेपाली काँग्रेसभित्रको अन्तरकलहका कारण काठमाण्डूको त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित भएको छ ।

नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले महामन्त्री गगन थापानिकट गोविन्द कोइरालालाई सभापति उम्मेदवार बनाएपछि विवाद छताछुल्ल भएको हो । तुलनात्मक रुपमा विद्यार्थीबीच कम लोकप्रिय कोइरालालाई उम्मेदवार बनाएको भन्दै नेविसंघकै श्रीधर श्रेष्ठ र विवेक बानियाँले बागी उम्मेदवारी दिएका छन् ।

श्रेष्ठ र बानियाँ समूहले क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि ५ चैतमा हुने निर्वाचन अनिश्चित भएको छ ।

ताला लगाउनेहरुले आन्तरिक मतभेद लुकाउँदै निर्वाचन समितिले मतपत्रमा उम्मेदवारको क्रम संख्याबारे एकलौटी निर्णय गरेको बहानामा तालाबन्दी गरिएको दाबी गरेका छन् ।

त्रिचन्द्रमा एमालेनिकट अनेरास्ववियु, माओवादीनिकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादीनिकट अखिलले चुनावी गठबन्धन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us