लुटपाटको आरोपमा असईसहित २ प्रहरी पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– प्रहरीले लुटपाटको आरोपमा प्रहरी सहायक निरीक्षक –असई)सहित दुई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई अनुसन्धान गर्नका लागि बुधबार नै जिल्ला प्रहरी परिसर काठमाण्डुमा बुझाइएको एक अधिकृतले जानकारी दिएका छन ।

उनीहरुले कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो छालाको पैसा लुटपाट गरेको आरोप लागेको छ । अपराध अनुसन्धान कार्यालयमा दरबन्दी भई उनीहरु प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत रहेका थिए ।

उनीहरुले छालाको पैसा लुट्नका लागि सुरुमा किन्ने भनेर मोलमोलाइ गरेको र पछि रकम नदिई छालाको पैसा लगेको आरोप लागेको छ ।

छालाको पैसा ल्याउने युवक र अर्का एक बिचौलिया भने अहिले फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us