काठमाण्डु, २२ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागी सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष टुङ्गो लगाएको छ ।
कांग्रेसले ग्रामथान गाउँपालिकामा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।
आज बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिएका छन ।
टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो । अध्यक्षका लागि १३ जना आकांक्षी रहेका थिए ।
माओवादी केन्द्रले भने यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । नेकपा एमालेले भने उम्मेदवारको टुङ्गो लगाएको छैन ।
०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचिन जयप्रकाश गच्छदार ग्रामथानको गत असार ३ गते उनको निधन भएको थियो । उनको निधन पछि यस गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो ।