काठमाण्डु, २२ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले आज (बिहिबार) तराइबासी नेपालीको ठूलो पर्व छठ पर्वको अवसरमा काठमाण्डुको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् ।
त्यहाँ उनले छठीमाइको पूजा गरेका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन रहेको थियो । गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल कमलपोखरीमा रहेको छठघाटमा पनि जाने तयारीमा रहेका छन ।