काठमाण्डु, २२ कात्तिक– सिराहाको लहान ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकै खेतमा एक किशोरको शव भेटिएको छ ।
स्थानीय १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव बिहीबार बिहान धान खेतमा घोप्टो परेको अवस्थामा शव फेला परेको सिराहा प्रहरीले जानकारी दिएको छ ।
लहान प्रहरीले अहिले शव घटनास्थलमै रहेको र घटनास्थलको प्रकृति मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनाबारे थप विवरणहरू आईनपुगेको बताएको छ । उनी कसरी त्यहाँ पुगे र मृत्यु कारणबारे प्रहरीले खोज तलास गरिरहेको सिराहा प्रहरीले जानकारी दिएको छ ।