बागलुङमा बस दुर्घटना, २१ जना घाइते

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन । बुधबार दिउँसो साढे ४ बजेतिर रूकुम पुर्वबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस निसिखोला–६ को जाउलेपानीमा बस दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक बहादुर केसीले जानकारी दिएका छन ।

बस दुर्घटनामा घाइतेमध्ये ४ जना माध्यम र अरू सामान्य घाइते भएको पनि उनले जानकारी दिए । उनीहरू सामान्य उपचारपछि घर फर्किइसकेको डीएसपी केसीले जानकारी । यस्तै दुर्घटनाबारे आवाश्यक अनसुन्धान भइरहेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us