काठमाण्डु, १४ कात्तिक–पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार अर्याललाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा अर्यालसहित ११ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अर्यालसहित अख्तियारले मुद्धा दायर गरेका अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजश्व विभागमै कार्यरत उपसचिव गणेशविक्रम शाही, भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डे र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललगायतविरुद्ध मुद्धा दायर गरेको थियो ।
पौडेलबाहेक सबैले उक्त मुदामा सफाई पाएका छन् ।