तिहार बिदामा निगमका डिपोहरु आलोपालो खुल्ने

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १५:११ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– नेपाल आयल निगमका डिपोहरु तिहार बिदामा आलोपालो खुल्ने भएको छ । तिहारको पाँच दिनको बिदामा निगमका डिपोहरु एकदेखि तीन दिनदेखि खुल्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ । नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्ने आयल निगमले जनाएको छ ।

त्यस्तै, दिपायल र खुर्खेत डिपोहरु आवश्यकता अनुसार खुल्ने जनाइएको छ भने बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ । निगमले यो अवधिमा डिपोबाट हुने बिक्रीवितरणसम्बन्धी जानकारी लिएर सम्बन्धित डिपोमा जान आग्रह समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us