तनहुँको सयपत्री फूल कतार निर्यात

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १४:४० मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात गरीएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री फुल कातारको दोहा पठाइएको हो ।

कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन् ।

समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न सुरु गरेको हो । गतवर्ष दुई लाख रुपैयाँ बराबरको सयपत्री निकासी गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।

यो वर्ष ८ लाख रुपैयाँ बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको उनले जानकारी दिएकी छन । आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो ।

गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरु व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us