काठमाण्डु, १४ कात्तिक– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन ।
पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने पनि बताएका छन । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधरमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताएका छन ।
उनले भने, ‘संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो ।’ उनले मुलुक अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको पनि बताएका छन ।