प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने तयारी

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १२:०३ मा प्रकाशित

काठमाण्डू , १४ कात्तिक- प्रधानमन्त्री केपी ओलीले आगामी मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

ओलीले १७ देखि २० मंसिरसम्म भ्रमण गर्नेछन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भ्रमणका दौरान बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनासम्बन्धी महत्वपूर्ण सम्झौता हुने बताए ।

यस्तै सिगात्से-केरुङ्-काठमाण्डू रेल्वे निर्माण तथा पोखरा विमानस्थलको ऋण मिनाहाका बिषयमा  पनि छलफल हुने छ ।

भ्रमणका क्रममा किमाथाँका,कोरोला,हिल्सा नाका सुचारु गर्ने विषयसमेत भ्रमणको एजेण्डामा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us