काठमाण्डू , १४ कात्तिक- संसदीय सुनुवाई समिति बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा अनुमोदन गरेको छ ।
बुधबार बिहान बसेको समिति बैठकले लम्साललाई सर्वसम्मतिले राजदूत अनुमोदन गरेको हो ।
लम्साल हाल परराष्ट्र सचिव छिन् । अनुमोदनअघि सांसदहरुले सोधेको प्रश्नको जवाफमा लम्सालले भूराजनीतिमा काम गरेको अनुभव आफूसँग रहेको भन्दै देश हितमा काम गर्ने बताइन् ।
गत १३ भदौमा मन्त्रिपरिषद बैठकले उनलाई बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो ।
संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति रामचन्द्र पौडेलले लम्साललाई राजदूतमा नियुक्त गर्नेछन् ।