श्रीमती हत्या गरेर भागेका राई तीन वर्षपछि कतारमा पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते ९:४२ मा प्रकाशित

झापा, १४ कात्तिक– श्रीमती हत्या गरेर भागेका एक पुरुष तीन वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ ३८ वर्षीय गजेन्द्र वान्तवा राई छन् ।

झापा प्रहरी प्रमुख एसपी मिलन केसीले रेड कर्नर नोटिस जारी गरी

राईलाई कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको बताए । राई २०७८ मंसिर ३ मा श्रीमती शर्मिला तामाङको हत्या गरी फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि अनुसन्धान गरिरहेको केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us