सिन्धुपाल्चोक, १२ असोज– नेपाल –चीन जोड्ने तातोपानीस्थित पुल भत्किएको छ ।
भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले लार्चाको बेली ब्रिज बगाएको बताए । उनका अनुसार १० किलोबाट पाङसिर्पु जाने र तातोपानी नाका जाने लिपिङको पुल पनि बाढीले बगाएको छ ।
अरनिकोको राजमार्गका अरु पुलहरुमा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । पुल भत्किएसँगै चीनबाट दसैंका लागि समान लिएर आएका कन्टेनरहरु बीच बाटैमा रोकिएका छन् ।