काठमाण्डु, १२ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान अमेरिका रहेका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकबीच टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार बिहान गृहमन्त्री लेखकलाई फोन गरेका थिए । आफूले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिको विवरण लिएको ओलीले बताए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले भनेका छन्, ‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन् । अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु ।’
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमतामा खटाइएको उनले बताए ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीर्लाइ पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढ्न ओलीको निर्देशन छ ।