काठमाण्डु, १२ असोज-काठमाण्डुको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका-३ मा ५५ वर्षीय पुरुषको घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर भत्किँदा अरु ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र प्रहरीको टोली र स्थानीय सक्रिय छन् ।