बाढी र पहिरोमा परी भक्तपुरमा ५ जना बेपत्ता

काठमाण्डु टुडे २०८१ असोज १२ गते ११:०२ मा प्रकाशित

भक्तपुर, १२ असोज-अविरल वर्षासंगै आएको बाढी र पहिरोमा परी भक्तपुरमा पाँच जना बेपत्ता भएका छन् ।

भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएको जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन खोजीकार्य जारी रहेको अधिकारीले बताए । भक्तपुरका मनोहरा, हनुमन्ते र घट्टेखोलाको बाढीले बस्ती डुबानमा परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us