सुनसरी, १२ असोज- भारी वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ मध्ये ५० ढोका खोलिएको छ । शनिबार बिहान कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी मापन गरिएको छ । निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको स्थानीय प्रशासनले जनाएको छ । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ ब्यारेजका सबै ५६ ढोका खोलिएका थिए ।